+
+

मनी लाउन्डरिङ विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १६:२५

२५ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकको प्रतिवेदन सभामा पेश गरेकी हुन् ।

२७ माघ २०७९ मा दर्ता भएको यो विधेयक दफावार छलफलमा लागि कानून, न्याय तथा मानव अधिकार समितिमा पुगेको थियो । समितिले दफावार छलफल गरेर केही संशोधनसहित विधेयकको प्रतिवेदन सभामा पठाएको हो ।

समिति सभापति सुवेदीका अनुसार यो विधेयकले कानूनको रुप लिएपछि नेपालको व्यावसायिक वातावरण प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । सभामा विधेयकको प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले भनेकी छन्, ‘यसले नेपालको सम्पत्ति शुद्धीकरण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ र पुँजी पलायन रोक्न ठूलो मद्धत पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?