+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं महानगरले श्रम सहकारीको इजाजत दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १७:११

२६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम सहकारी दर्ताका लागि सूचना आह्वान गरेको छ ।

खरिद नियमावलीमा नै ५ करोडसम्मको विकास निमार्ण कार्य श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था रहेकोले परीक्षणका लागि केही सहकारी स्थापना गरेर हेर्न श्रम सहकारीको सूचना आह्वान गरेको महानगरले जनाएको छ ।

‘खरिद ऐन र नियमावली ५ करोडसम्मको विकास निमार्णको काम श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था गरेको छ,’ काठमाडौं महानगरको सहकारी विभागकी उप–निर्देशक विमला कोइरालाले भनिन्, ‘त्यसलाई किन सदुपयोग नगर्ने, श्रम सहकारीका लागि आह्वान गरौं । श्रमिकहरु आउनुभयो र इच्छा देखाउनुभयो भने अगाडि बढाउन भन्ने सोच हो ।’

महानगरले शुक्रबार एक सूचना प्रकाशित गर्दै श्रम सहकारी स्थापनाका लागि आह्वान गरेको हो । श्रम सहकारी संस्था मार्फत विकास निर्माण लगायत विभिन्न सामाजिक प्रवर्द्धनका कार्यहरु गर्न सहकारी स्थापनाको लागि आह्वान गरेको महानगरले जनाएको छ ।

‘सार्वजनिक खरिद नियमावली २०६४ नियम ९७ (क) अनुसार प्रतिस्पर्धामा भाग लिने समेत प्रयोजनका लागि सहकारी ऐन २०७४ अनुसार श्रम सहकारी संस्था गठन गरी उल्लेखित कार्य गर्न इच्छुक श्रमिकहरुले सहकारी विभागमा सम्पर्क राख्नुहुन सूचना प्रकाशित गरिएको छ,’ महानगरको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?