+

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनविरुद्ध फिल्डिङ गर्दै

२०८० असोज  २८ गते ७:३३ २०८० असोज २८ गते ७:३३
एसीसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनविरुद्ध फिल्डिङ गर्दै

२८ असोज, काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

समूह ए मा रहेका  नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो ।

बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ ।

नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ ।

१६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ ।

एसीसी यू–१९ प्रिमियर कप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय