+
+

२३.१६ अंकले घट्यो नेप्से, २११ कम्पनीको सेयर मूल्यमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १५:२६

२९ असोज, काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएपनि त्यसयता सेयर बजार भने लगातार घटिरहेको छ ।

सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । जीवन बीमा उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २.०२ प्रतिशतले गिरावट भएको छ ।

बैंकिङ प्रणालीमा तरलता लगातनर बढेपनि ब्याजर घट्नमा लगानीकर्ता विश्वस्त नहुँदा बजारमा लगातार गिरावट देखिएको हो । दशैं नजिकिंदै गर्दा नेप्सेसँगै कारोबारमा पनि गिरावट भएको छ । गत बिहीबार १ अर्ब ७० करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर १ अर्ब २५ करोड ३३ लाखमा सीमित भएको छ । सोमबार नेप्सेमा कुल ६९ हजार ८३२ वटा कारोबारमा ४८ लाख ३७ हजार ८९३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

सोमबार कारोबार भएकामध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ६ करोड २५ लाख रुपैयाँको कारोबार हुँदा हाथवे इन्भेष्टमेन्ट कम्पनीको छ करोड २७ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २११ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २२ कम्पनीको सेयर मूल्य बढेको छ । ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य ७.३१ प्रतिशत र सुपरमाई हाइड्रोपावरको सेयर मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ । कालिञ्चोक दर्शनको सेयरमूलय ३.९७ प्रतिशतले बढेको छ ।

सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारँतमक सर्किट मूल्यमा बन्द हुँदा नबिल ब्यालेन्सफण्ड २ को इकाइमूल्य ९.३१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?