+
+

नेपालको राष्ट्रिय टिमबाट नयाँ लेग स्पिनरको डेब्यू

मौसम भन्छन् : राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा भयो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १९:५८

१ कात्तिक, काठमाडौं । लेग स्पीनर मौसम ढकालले राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दा ढकालले डेब्यू गरेका हुन् ।

प्रतियोगिता सुरु हुनुअघि राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेले नाम फिर्ता लिएका थिए । यूएईविरुद्धको बुधबारको खेलमा मौसमले सन्दीपकै स्थान लिए । बुधबारको खेलमा एसियाडमा भारतविरुद्ध खेलेको टोलीमा एक मात्र परिर्वतन थियो, त्यो हो सन्दीपको स्थानमा मौसम ।

उनलाई पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले डेब्यु क्याप दिएका थिए । २ ओभर बलिङ गर्ने अवसर पाएका उनले १४ रन खर्चिए ।

गत वर्ष कात्तिकमा सम्पन्न भएको प्रधानमन्त्री कपमा इमर्जिङ खेलाडीको रुपमा घोषित भइसकेपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आउने मौका पाएका थिए ।

तर डेब्यूका लागि भने उनले लामो समय कुर्नुपर्‍यो । ‘नेपालको लागि खेल्ने सपना पूरा भएको छ’, मौसमले डेब्यू खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘एकदमै राम्रो अनुभव भयो । मैले खेल्न अनुभव पाएँ, अझै राम्रो हुन सक्थ्यो ।’

उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने ४४ औं खेलाडी हुन् । कप्तान रोहितकुमार पौडेलले पनि पहिलो खेलमै राम्रो प्रदर्शन गरेको भन्दै मौसमको तारिफ गरे ।

लामो समयदेखि टिमसँगै प्रशिक्षण गरिरहेको उनले नागपुरमा भएको प्रशिक्षणमा राम्रो बलिङ गरेपछि त्रिकोणात्मक श्रृंखलामा अवसर दिएको भन्दै उनले भने, ‘अब यो लेभलमा खेल्न डिजर्भ  गर्छ जस्तो लागेपछि खेलाएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?