२ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलका क्रममा भारतीय बलर हार्दिक पाण्ड्या घाइते भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अनुसार उनको चोटको परीक्षण भइरहेको छ ।
बंगलादेशविरुद्धको खेलमा तेस्रो बल फ्याँकेपछि उनी घाइते भएका हुन् ।
उनले पहिलो बलमा कुनै रन दिएनन् । तर त्यसपछिका दुई बलमा बंगलादेशी ब्याट्सम्यान लिटन दासले लगातार चौका हाने ।
लिटन दासको दोस्रो चौका खुट्टाले रोक्न खोज्दा हार्दिको खुट्टा मर्किएको थियो । त्यसपछि उनले बलिङ गरेनन् ।
प्रतिक्रिया 4