+
+

विश्वकप क्रिकेट : सदीराले दिलाए श्रीलंकालाई पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते १९:३६

४ कात्तिक, काठमाडौं । सदीरा समिराविक्रमाको अविजित ९१ रनको मदतमा श्रीलंकाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित हात पारेको छ । यो विश्वकप २०२३ मा श्रीलंकाको पहिलो जित हो ।

भारतको खनउनमा नेदरल्याण्ड्सले दिउको २६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन । पावर प्लेमा ५६ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका पथुम निसांका पनि तेस्रो विकेटका लागि ५४ रनमा आउट भए, जतिबेला टिमको स्कोर १०४ थियो । तर सदीराले पारी सम्हाले ।

उनले चौथो विकेटका लागि चरिथा असलंकासँग ७७ र पाँचौं विकेटका लागि धनन्जय डि सिल्भासँग ७६ रनको साझेदारी गरे । श्रीलंकाका लागि विजयी पारी खेलेका उनी ९१ रनमा अविजित रहे । दुशान हेमन्था ४ रनमा नटआउट रहे ।

नेदरल्याण्ड्सका आर्यन दत्तले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनाएको थियो । उसको पनि सुरुवात अझ खराब थियो । ९१ रन जोड्दा ६ विकेट गुमाएको उसका लागि सिब्रान्ड एंगलब्रेक्ट र लोगन भान बेकले १३० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

एंगलब्रेक्टले ७० र भान बेकले ५९ रन बनाए ।

श्रंलीकाका दिलशान मदुशंका र कसुन रजिथाले समान ४–४ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?