+
+

शाख्तर डोनेट्स्कमाथि बार्सिलोनाको जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते १२:१४

९ कात्तिक, काठमाडौं । फरान टोरेसले एक गोल गर्नुका साथै अर्को गोलका लागि एसिस्ट गरेको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा शाख्तर डोनेट्स्कलाई हराएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब डोनेट्स्कलाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले २८ औं टोरेसको गोलबाट अग्रता लिएको थियो । फिर्मिन लोपेजको पहार पोष्टमा लागेर फर्किएको बलमा टोरेसले गोल गरेका थिए । ८ मिनेटपछि टोरेसले लोपेजलाई गोल पास मिलाइदिए ।

खेलको ६२औं मिनेटमा शाख्तर डोनेट्स्कका सुडाकोभले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । तर त्यसपछि पनि जर्मन टिमले खेलमा फर्किन सकेन ।

बरु बार्सिलोनाका लोपेजको प्रहार बारमा लागेर फर्किएको थियो भने हेडर गोल अफसाइड कारण मान्यता पाएन ।,

जितसँगै बार्सिलोना ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । बुधबार राति भएर्को अर्को खेलमा रोयल एन्टवर्पलाई ४-१ ले हराएको एफसी पोर्टो ६ अंकसहित दोस्रो स्थानमा छ । शाख्तर डोनेट्स्क ३ अंकसहित तेस्रो स्थानमा छ भने रोयल एन्टवर्प अंकबिहीन छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?