+
+

पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा ११ करोड ९५ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १३:५०

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८८/८१ को पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले ११ करोड ९५ लाख रूपैयाँ नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनाभन्दा झण्डै तीन गुणा बढी हो । बैंकले गत आवको यसै अवधिमा ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले यस अवधिसम्म ५६ अर्ब ८२ करोड निक्षेप संकलन गरी ८७ अर्ब कर्जा प्रवाह गरेको छ ।

वित्तीय विवरण अनुसार बैंकको रिटर्न अन इक्विटी ९.९० प्रतिशत रहेको छ भने खराब कर्जा ३.४८ प्रतिशत रहेको छ ।
बैंकको आधारदर ११.७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४.५७ प्रतिशत रहेको बैंकको कुल सम्पत्ति प्रतिसेयर अनुपात १,८५२.६१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?