+
+

मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियनका २०२३ को उपाधि क्रिस्मा र सोलिनालाई

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते १७:१६

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’को उपाधि सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामाले जितेका छन् । ‘मिस’तर्फ अरुणा पुरी र ‘मिसेस’तर्फ श्रीमती प्रिना राई गुरुङ फस्ट-रनरअप घोषित भए । ‘मिस’तर्फ विनिता खड्का र ‘मिसेस’तर्फ श्रीमती झरना काफ्ले सेकेण्ड-रनरअप भए ।

करुणाज् ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट इभेण्ट्सले प्रतिस्पर्धा आयोजना गरेको थियो । ब्राण्ड एम्बेसडर विधामा ‘मिस’तर्फ कृतिका गिरी र ‘मिसेस’तर्फ श्रीमती संगम शर्मा विजयी हुँदा आयोजक छनोटतर्फ क्रान्ति घिमिरे उत्कृष्ट बने । सरितापत्र वंशले ‘ब्युटी बिथ ब्रेन’को उपाधि जितिन् ।

शीर्ष टाईटल विजेताले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

प्रतियोगिताका शिर्ष टाईटल विजेताले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

आयोजक संस्थाका प्रमुख कृष्ण श्रेष्ठका अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटि स्कूल अफ ब्यूटिसियनबाट १२ हजारको एक हप्ते कपाल र छाला मास्टर क्लास निशुल्क लिन पाउनेछन् । त्यस्तै इटालवाक्स प्रोफेशनल कस्मेटिक्स र पाईसी कस्मेटिक्सबाट उपहारहरू प्राप्त गर्नेछन् । विजेतालाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट फिल्ममा अवसर दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?