+
+

पहिलो एल क्लासिकोमा नायक बने बेलिङ्घम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १६:२६

१२ कात्तिक, काठमाडौं । आफ्नो करिअरको पहिलो क्लासिको खेलिरहेका जुड बेलिङ्घम पहिलो खेलमा नै रियलको जितको नायक बने ।

बार्सिलोनाले इल्काए गुन्डोगानको गोलमा सुरुवाती अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा रियल मड्रिडको गल्तीका कारण गुन्डोगानको खुट्टामा बल परेपछि उनले सहजै गोल गरेका थिए ।

१६औं मिनेटमा फर्मिन लोपेजको प्रहार पोस्टमा लागेर बाहिरिँदा बार्सिलोनाले अग्रता दोब्बर गर्ने अवसर गुमायो ।

पहिलो हाफ १–० ले पछि परेको रियलले ६८औं मिनेटमा बराबरी गोल फर्कायो । बेलिङ्घमले झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो ।

खेलको थप गरिएको समयमा पुन बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जिताएका हुन् ।

ड्यानी कार्भाहालको क्रस लुका मोड्रिकलाई लागेर बेलिङ्घमको खुट्टामा परेको थियो । उनले पहिलो टचमा नै गोल गर्दै जित पक्का गरे ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउको सट्टामा एस्टाडी ओलिम्पिक कम्पनीमा भएको खेलमा बार्सिलोनाले आफ्ना समर्थकबीच खासै राम्रो प्रदर्शन भने गर्न सकेन ।

खेल जिते पनि रियलको प्रदर्शन सोचे अनुरुप भएन । सिजनको पहिलो क्लासिकोमा दुवै टिमको बल कन्ट्रोल राम्रो भएन ।

होम टिमले अग्रता बनाए पनि बेलिङ्घमले घरेलु टिमलाई उसकै मैदानमा हराएर नायक बनेका हुन् ।

जितपछि रियल फेरि एक पटक लिगको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलमा रियलको २८ अंक छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ । पराजित बार्सिलोनाको २४ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?