
१३ कात्तिक, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–३, मा गोली चलेको छ ।
मोटरसाइकलमा आएका व्यक्तिले स्थानीय विद्यालयका प्रधानाध्यापकलाई गोली हानेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले अनलाइनखबरलाई बताए ।
अपराह्न मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।
गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्याइएको थियो । त्यसबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदा हुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कडायतले अनलाइनखबरलाई बताए ।
उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको बताइएको छ ।
(अध्यावधिक गरिएको)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4