+
+

श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते २२:२२

१३ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलंकामाथि ७ विकेटको महत्वपूर्ण जित हात पारेको छ । ६ खेलमा तेस्रो जितसँगै अफगानिस्तानले सेमिफाइलमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । पहिलो विकेट भने खाता नखोल्दै गुमाएको थियो । रहमानुल्लाह गुरबाज पहिलो ओभरको चौथो बलमै आउट भएका थिए ।

तर रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि कप्तान हशमतुल्लाह शाहिदीसँग ५८ रनको महत्वपूर्ण साझेदारी गरे । जादरान ३९ र शाह ६२ रनमा आउट भए ।

जतिबेला अफगानिस्तानको स्कोर १३१/३ थियो । कप्तान शाहिदीले अजमतुल्लाह मिर्जासँग अविजित १११ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । मिर्जा ७३ र शाहिदी ५८ रनमा अविजित रहे ।

यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

उसको सुरुवात राम्रो रहेन । २२ रन जोड्दा पहिलो विकेटका रुपमा दिमुथ करुणारत्ने आउट भए । तेस्रो नम्बरमा आएका कुशल मेन्डिसले पथुम निसांकासँग ६२ र सदीरा समरविक्रमासँग ५० रनको साझेदारी गर्दै श्रीलंकाको पारी उकासे । पथुम ४६ रनमा आउट भए । कुशल ३९ रनमा पभेलियन फर्किँदा श्रीलंकाको स्कोर १३४/३ थियो ।

त्यसपछि लगातार विकेट गुमाएको श्रीलंकाका एन्जेलो म्याथु र महेश थीक्षणाले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरे । थीक्षणा २९ र म्याथु २३ रनमा आउट भए ।

श्रीलंकालाई मध्यम स्कोरमै अलआउट गर्ने क्रममा अफगानिस्तानका फजलहक फारुकीले ४ विकेट लिए भने मुजिवर रहमानले २ तथा रशिद खान र अजमतुल्लाह उमरजाईले १–१ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?