+
+
Shares
कविता :

एउटा कवि

दीपेन्द्र आचार्य दीपेन्द्र आचार्य
२०८० कात्तिक १५ गते १७:५५

सडक पेटीनिर हिंडिरहेछ

हवाइ चप्पल पड्काँउदै

प्याटप्याट प्याटप्याट

मूल सडकभरि दगुरिरहेछ विज्ञानहरु

त्यही चप्पलको धुन पछि पछि

डाँडाघरे तीर्थराज

जवान कोरली गाई बिक्री गरी

लागेको छ धीरेन्द्र शास्त्रीको दरबार भेट्न

उसको अपाङ्ग छोराको उपचार गर्ने विज्ञान

अन्धविश्वासको चितामा दन्दनी जलिरहेछ

स्वर्गीय कविले आफ्नो तस्वीरमा लागेको हार

आधा चुँडेर लगाइदिन्छन् आधुनिक डाक्टरको गलामा

अनि बाँकी आधा लगाँउछन् आफ्नै गलामा

न कविको भजन सुन्छ तीर्थराज

न सुन्छ डाक्टरको विज्ञान संगीत

साँझहरु झ्याँउकिरीको सारङ्गी र्‍याइँ र्‍याइँ रेट्छन् जब

जुनकिरीहरु राँको बोकेर खेद्न थाल्छन् अन्धकारहरु

आकाशबाट चन्द्रमा पोख्न थाल्छन् उज्यालोहरु जब

गरिब घरहरुमा बज्न थाल्छन् टेलिशृंङखलाहरु

हत्केला हत्केलामा जीवित हुन थाल्छन्

फेसबुक र युट्युबहरु वाइफाइरुपी श्वास फेर्दै

एउटा कवि लेख्न थाल्छ

गरिब घरभित्र गृहकार्य गर्न बिर्सेका सन्तानका गीतहरु

एउटा कवि खोज्न थाल्छ

आधुनिक प्रविधिभित्र हराएका अभिभावकहरु

आधुनिक मनोरञ्जनभित्र अल्मलिएका समाजहरु

एउटा कवि

खोला किनारमा बसेर हेरिरहेछ निलो आकाश

निलो आकाशमा उडिरहेको हवाइजहाज

जहाँ उड्ने गर्थ्यो चील र बाज

खोला किनारबाट आइरहेछ एकतमासको गन्ध

जहाँ आउने गर्थ्यो पानी र बालुवाको सुगन्ध

किनार मास्तिर खेतबाट बगिरहेछ युरियाको खोल्सो

जहाँ बग्ने गर्थ्यो, जुन जस्तै सङ्लो पानी

एउटा कवि त्यही किनारमा कोरिदिन्छ

एउटा प्राङ्गारिक कविता

जसको पछि पछि दगुरिरहन्छ उत्तराधुनिक विज्ञान

कन्याम, इलाम

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?