+
+

दक्षिण अफ्रिका तोड्यो इंग्ल्याण्डले बनाएको छक्काको रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते २२:३३

काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ ।

भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले क्विन्टन डी कक र रासी भानडेर डुसनको शतकको मदतमा न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो । जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो ।

यसक्रममा केही रेकर्ड समेत भयो ।

८२ छक्का : यो विश्वकपमा दक्षिण अफ्रिकाले सात खेलमा ८२ वटा छक्का हानेको छ । एकदिवसीय विश्वकपमा कुनै पनि टिमले हानेको यो सबभन्दा धेरै छक्का हो । यसअघि २०१९ मा इंग्ल्याण्डले ११ खेलमा ७६ छक्का हानेको थियो ।

८ खेलमा ३०० प्लस रन : दक्षिण अफ्रिकाले लगातार ८ एकदिवसीय म्याचमा ३०० प्लस रन बनाएको छ । यो रेकर्ड नै हो । अष्ट्रेलियाले २००७ र इंग्ल्याण्डले २०१९ मा लगातार ७ ओडीआई म्याचमा ३०० प्लस रन बनाएको थियो ।

३५० प्लस रन : यो विश्वकपमा मात्र दक्षिण अफ्रिकाको ३५० प्लस रन हो । एकदिवसीय विश्वकपमा कुनै पनि टिमको यो रेकर्ड हो । उसले विश्वकपको ९ खेलमा ३०० प्लस रन बनाएको छ । अष्ट्रेलियाको नाममा पनि समान रेकर्ड छ ।

४ शतक : विश्वकप क्रिकेटमा क्विन्टन डी ककले चार शतक बनाएका छन् । विश्वकप क्रिकेटमा चार वा त्यसभन्दा बढी शतक बनाउने जम्मा तीन जना छन् । श्रीलंकाका कुमारा सांगाकाराले २०१५ को विश्वकपमा चार र भारतका रोहित शर्माले २०१९ को विश्वकपमा पाँच शतक बनाएका थिए ।

यससँगै डी ककले यो विश्वकपमा कुल ५४५ रन बनाएका छन् । उनी एकदिवसीय विश्वकपमा ५०० प्लस रन बनाउने पहिलो दक्षिण अफ्रिकी ब्याटर बनेका छन् ।

२ खेलमा २०० रनको साझेदारी : डीकक र रोसी भानडेरले यो विश्वकपको दुई खेलमा २०० रनको साझेदारी गरे । एकदिवसीय विश्वकपमा यसअघि श्रीलंकाका तिलकरत्ने दिल्सान र उपल थरंगाले मात्र यस्तो गरेका थिए ।

८ शतक : यो विश्वकपमा दक्षिणी अफ्रिकाका ८ ब्याटरले शतक बनाएका छन् । डी ककले ४, रोसी भानडेरले २, एडन मार्करम र हेनरक क्लासनले एक शतक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?