+
+

महोत्तरीमा बोक्सी आरोपमा सिंगो परिवारमाथि कुटपिट, झाक्रीसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १९:००

१७ कात्तिक, जनकपुरधाम । महोत्तरीमा बोक्सीको आरोपमा सिंगो परिवार नै कुटिएको छ । महोत्तरीको गौशाला नगरपालिका–११ लक्ष्मीनियाका राजेन्द्र रामसहित उनका परिवारका सदस्य छिमेकबाट बोक्सी आरोपमा कुटिएका हुन् ।

कुटपिटबाट उनकी श्रीमती ६५ वर्षीया इतरिया देवी, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम, बुहारीहरू सम्तोलियादेवी, सुन्दर देवी र भान्जी कृष्णी कुमारी घाइते भएका हुन् । गत बुधबार उनीहरुमाथि कुटपिट भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

छिमेकी सन्तोष यादव, विनोद पासवान र केवल महतो नुनियाका परिवारले सुरेन्द्रका परिवारका सदस्यमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट इतारिया देवीको टाउको फुटेको छ भने बायाँ हात मर्केको छ । उनको जनकपुरधामस्थित सहयोग हस्पिटलमा उपचार भइरहेको छ ।

परिवारका अन्य सदस्यहरु समान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनापछि कुटपिटमा संलग्न झाँक्रीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष यादव र झाँक्री विनोद पासवान छन् ।

अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको डीएसपी गिरीले बताए । गिरीका अनुसार चारजनाविरुद्ध बोक्सी आरोपमा कुटपिट गरेको मुद्दामा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका दुईजनालाई हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?