+
+

फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने क्रिकेट संघको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ११:०४
फाइल तस्वीर

१८ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । संघका सचिव पारस खड्काअनुसार भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य छ । प्रति टिकटको मूल्य ३५० रुपैयाँ तोकिएको छ ।

क्रिकेट संघले शनिबार सूचना निकालेर फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा (५० प्रतिशत) भूकम्प पीडितलाई दिने जनाएको छ ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?