+
+

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १२:३९

२१ कात्तिक, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार र तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख १५ हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख १४ हजार ८५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै सोमबार तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?