+
+

लघुवित्तको न्यूनतम पूँजीकोष अनुपात १५ प्रतिशत, कर्जा नोक्सानी व्यवस्थामा कडाइ

पूँजी बढाउन मर्जरपछि अग्राधिकार सेयर र २५ प्रतिशत हकप्रद सेयरको विकल्प

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १८:५०

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तको समस्या समाधानका लागि गठन गरेको अध्ययन समितिले पूँजीकोष १५ प्रतिशत कायम गर्न सुझाव दिएको छ ।

मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा पूँजीकोष अनुपात चरणबद्ध रुपमा बढाइ १५ प्रतिशत पुर्‍याउने सुझाव दिएको हो ।

‘लघुवित्त क्षेत्रलाई बिस्तारै समायोजनको लागि समय दिन यसप्रकारको पूँजीकोष वृद्धि गर्न आगामी ३ देखि ५ वर्षको समय सीमा दिनुपर्छ,’ अध्ययन समितिले आपफ्नो सुझावमा भनेको छ, ‘२०८२ असारमा १० प्रतिशत, २०८३ असारमा १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत पुर्‍याउने व्यवस्था गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंक्ले ७ साउनमा जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त प्रतिवेदन क्रमशः कार्यान्वयन गर्ने बताएको छ । जसले गर्दा राष्ट्र बैंकले आगामी दिनेमा उक्त नीति कार्यान्वयन गर्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको छलफलपछि मात्रै उक्त प्रतिवेदन सार्वजनिक भएको हो । यस्तो पूँजी वृद्धिका लागि संस्थाहरूलाई मर्जर गर्न प्रोत्साहन गर्ने र निश्चित समयावधि पछि प्रमोटर सेयरमा परिणत हुने गरी अग्राधिकार सेयर आफ्ना ग्राहकलाई बिक्री गर्ने गरी निष्कासन गर्न दिने व्यवस्था गर्न सकिने उल्ललेख छ ।

‘अन्य उपायबाट पूँजीकोष वृद्धि गर्न नसकेको अवस्थामा विद्यमान चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न दिन सकिनेछ,’ अध्यन समितिको सुझावमा भनिएको छ ।

सम्भावित कर्जा नोक्सानी व्यवस्थामा थप कडाइ

पछिल्लो समम लघुवित्तको निष्क्रिय कर्जा अनुपात ह्वातै बढेको छ । अध्ययन समितिले लघुवित्तको कर्जा नोक्सानी व्यवस्थालाई चरणबद्धरुपमा थप कसिलो बनाउने सुझाव दिएको हो ।

‘२०८३ असारसम्ममा असल कर्जा (१ महिनासम्म) लाई २ प्रतिशत, सूक्ष्म निगरानी (भाखा नाघेको १ देखि ३ महिनासम्म) लाई ५ प्रतिशत, कमसल (३ देखि ६ महिनासम्म) २५ प्रतिशत, शंकास्पद (६ देखि ९ महिनासम्म) ५० प्रतिशत, र खराब (९ महिनाभन्दा बढी) लाई १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था लागू गर्न सकिन्छ।’ अध्ययन समितिको सुझावमा भनिएको छ ।

लघुकर्जाको कर्जा तथा निक्षेप सुरक्षण कोषमा सुरक्षण गरे बापत राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्थमा समेत पुनरवलोकन गर्ने सुझाव दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?