+
+

‘वडा नम्बर ६’ को सिक्वेलमा दीपकको एकल लगानी, दीपाश्रीले निर्देशन गर्ने पक्‍का

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १७:१६
फाइल तस्वीर

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्मलाई लिएर महत्वपूर्ण कुराको विकास भएको छ । आगामी दशैंको फूलपातीमा रिलिज हुने बताइएको यो फिल्म ‘वडा नम्बर ६’ को दोस्रो श्रृंखला हुने खबर अनलाइनखबरले यसअघि नै सार्वजनिक गरेको थियो ।

अब भने यो फिल्मका निर्देशकको रुपमा दीपाश्री निरौला निश्चित भएकी छन् । यसअघि दीपाश्रीले नै निर्देशन गर्ने अड्कलबाजी थियो । ‘आगामी फिल्म दीपाजीले नै निर्देशन गर्नुहुनेछ,’ दीपकले भने ।

यो फिल्मको निर्माण दीपकको कम्पनी आमा सरस्वती मुभिजले गर्नेछ । यसको अर्थ फिल्मको एकल निर्माताको रुपमा दीपक हुनेछन् । सरोज न्यौपानेसँग गर्ने भनिएको संयुक्त प्रोजेक्ट र अर्को एक फिल्म चाहिं अर्को वर्षको निर्माण गर्ने योजना छ ।

‘वडा नम्बर ६’ को निर्देशकमा उज्वल घिमिरे थिए । उक्त फिल्ममा दीपकसहित सीताराम कट्टेल धुर्मुस, दयाहाङ राई, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्कीलगायतको अभिनय थियो । सिक्वेलमा भने दीपक र माग्ने बुढाबाहेकका कलाकारको केमियो भूमिका हुन सक्ने दीपकले संकेत गरे ।

यो फिल्मको पटकथा दीपकले लेखिरहेका छन् । उनी तीन फिल्म निर्माणको योजनामा जुटेका छन् । पहिलो फिल्मको छायांकन मंसिरदेखि गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?