+
+

माथिल्लो मैलुङखोला जलविद्युतको सेयर सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १७:०३

२३ कात्तिक, काठमाडौं । दोस्रो बजारमा माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको साधारण सेयर सूचीकृत भएको छ ।

नेप्सेले कम्पनीलाई ‘एमएमकेजेएल’ सांकेतिक नाम दिएको छ । कम्पनीको १ करोड कित्ता साधारण सेयर सूचीकरण भएको हो ।

वैदेशिक रोजगारीमा रहेका, सामूहिक लगानी कोष, स्थानीयबासी र कर्मचारी समेतलाई वितरण भएको प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको हो । यस कम्पनीको आरटीएस सेवा सानिमा क्यापिटलले प्रदान गर्नेछ ।

पहिलो कारोबारका लागि कम्पनीको सेयरलाई नेप्सेले न्यूनतम ९६ रुपैयाँ १४ पैसादेखि अधिकतम २८८ रुपैयाँ ४२ पैसासम्मको रेञ्ज प्रदान गरेको छ । कम्पनीको सेयर कारोबार अब तिहारपछि मात्रै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?