+
+

नक्कली जग्गाधनी खडा गरेर जग्गा हडप्ने भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १९:२२

२३ कात्तिक, काठमाडौं । हदबन्दीबाट सरकारको नाममा आउनुपर्ने जग्गा मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी आफ्नो नाममा ल्याएर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भारतीय नागरिक अनुप मेहराले हदबन्दीभन्दा बढी भएको जग्गा ३ जना नक्कली जग्गाधनी खडा गरी उनीहरुको नाममा नामसारी गरेको र उनीहरुको मृत्यु भएको देखाएर आफ्नो नाममा ल्याएका थिए ।

उनले भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा सरकारका नाममा जानुपर्ने जग्गा आफ्नो नाममा ल्याएको र बिक्री गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले उक्त जग्गाको मूल्य ५ करोड ५ लाख रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?