२३ कात्तिक, काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ ।
भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए । चौथो टिम बन्न लिग चरणको अन्तिम खेल खेल्नुअघि समान ८/८ अंक जोडेका न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धामा थिए ।
न्यूजिल्याण्डले बिहीबार श्रीलंकालाई १७१ रनमै रोक्यो र २६.४ ओभर बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।
न्यूजिल्याण्डलाई जिताउन डेभोन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए ।
श्रीलंकाका एञ्जेलो म्याथ्युजले २ तथा दुशमान्था चमिरा र महेश थिकसेनाले समान १ विकेट लिए ।
यसअघि भारतको बैंग्लुरूमा ब्याटिङ गरेको श्रीलंकाले ४६.४ ओभरमा १७१ रनमा अल आउट भएको थियो । उसका लागि कुशल परेराले ५१ रन बनाएका थिए ।
योजितले न्यूजिल्याण्डको १० अंक भएको छ । अब पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।
न्यूजिल्याण्डलाई रोकेर सेमिफाइनलमा पुग्न पाकिस्तानले इंग्ल्याण्डलाई २८७ रनले हराउनुपर्छ । अफगानिस्तानले दक्षिण अफि्रकालाई ४३८ रनले हराउनुपर्छ ।
यदि पाकिस्तानले लक्ष्य भेट्टाउन चाहे झन असम्भव छ । किनकी इंग्ल्याण्डले १५० रनको मात्र लक्ष्य दियो भने पनि ३.४ ओभरमा पुरा गर्नुपर्छ ।
यो हारसँगै श्रीलंका शीर्ष ८ मा रहने संभावना कमजोर बनेको छ । विश्वकपको शीर्ष ८ मा रहने टोलीले मात्रै सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न पाउने छन् ।
प्रतिक्रिया 4