+
+

कसैले चाहँदैमा गणतन्त्र संकटमा पर्दैन : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते ११:२३

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कसैले चलखेल गर्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् ।

लौहपुरूष गणेशमान सिंहको १०९औं जन्मजयन्तिका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले जनताको संघर्षबाट स्थापित गणतन्त्र कमजोर नभएको बताए । ‘कसैले चाहँदैमा गणतन्त्र संकटमा पर्दैन, यो त्यति कमजोर होइन,’ उनले भने ।

उनले अहिले जनताले अहिले परिणाममुखी काम खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर अगाडि बढ्नुपर्ने बताए । केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहको भनाइ छ ।

साथै भूकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकारलाई सबैले साथ दिनुपर्ने बताए । जनताको सुख–दुःखमा साथ दिन सक्नु नै सर्वोच्च नेता गणेशमान सिंहप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।

पत्रकारहरुको एक जिज्ञासामा उनले तिहारपछि सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?