+
+

यी हुन् नेपालका परम्परागत मिठाई, जुन सजिलै बनाउन सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते ७:१४

दशैंमा खसीको पक्कु, मांघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा भनेजस्तै तिहारको खास परिकार हो, सेलरोटी ।

तिहार भन्नसाथ धेरैले सेलरोटी सम्झन्छन् । सेलरोटी भन्नसाथ धेरैले तिहार सम्झन्छन् । यद्यपि तिहारमा सेलरोटीसँग अरु थुप्रै किसिमको मिठाई बनाउने, खाने वा खुवाउने गरिन्छ । र, यस्ता थुप्रै मिठाई छन् जो बर्षौदेखि नेपाली भान्सामा पाक्दै आएका छन् ।

सेलरोटी

सेलरोटी कस्तो हुन्छ, कसरी बनाइन्छ भनेर सायदै नेपालीलाई सोध्नुपर्छ । किनभने हरेकको भान्सामा यो परिकार पाकेको हुनुपर्छ ।

चाडमा मुख मिठ्याउन होस् वा आफन्तकहाँ जाँदा कोसेलीको रुपमा सेलरोटी प्रयोग हुँदै आएको छ । चामलको पिठो, घ्यू, चिनी मिसाई पानीले लेसिलो बनाएको मिश्रणलाई तताएको घ्यू÷तेलमा गोलाकार पारेर सेल पकाइन्छ ।

अनरसा

अनरसा तिहारमा घरघरमा बन्ने स्वादिष्ट परिकार हो । सेलरोटीसँगै बनाइने यो परिकारलाई तिहार मात्रै नभएर अरू समयमा समेत बनाएर खान सकिन्छ । नरम गरी मुछिएको पिठोलाई स–साना गोला बनाई हातले रोटीको आकार दिने र त्यसमाथि तिल र चिनी हालेर तताएको घ्युमा खैरो नहुन्जेल पकाउने गरिन्छ ।

लखमरी

चामलको पिठो, शुद्ध घ्यु लगायत सामाग्रीबाट बनाइएका लखमरी नेपालको एक चर्चित परम्परागत मिठाई हो । नेवार समुदायमा विवाह समारोहमा यसको विशेष महत्त्व हुन्छ । पाहुनालाई सगुनको रूपमा दिइने यो परिकार दुलाहाको परिवारले दुलहीको परिवारलाई दिने गरिन्छ ।

फिनी

फिनी एक प्रकारको रोटीको परिकार हो । मैदाको पिठोमा घ्युको मिश्रणबाट तयार पारिन्छ । फिनी रोटीलाई विशेष तिहारमा मात्र पकाएर खाने चलन छ । मैदाको पिठोबाट फिनी तयार गरिन्छ । घिउको स्वाद मन पराउने पारखीहरूको लागि फिनी मन पर्ने परिकार हो ।

खुर्मा रोटी

खुर्मा रोटीलाई पनि तिहारको विशेष परिकार मानिन्छ । यो चामलको पिठो र घ्युबाट तयार पारिन्छ । घ्युको स्वाद मन पराउनेहरूको लागि खुर्मा रोटी मन पर्ने खान्की हुन सक्छ । तिहारमा बनाइने चोखो परिकारको रूपमा खुर्मालाई प्रयोग गरिन्छ । चामललाई मसिनो पिठो बनाई मैदाको पिठो मिसाएर तयार गरिने एक प्रकारको क्रन्चि मिठाइको परिकार हो ।

खजुरी ‘ठेकुवा’

खजुरी घिउ चिनी र पीठो मुछेर पकाइने एक किसिमको चक्कादार मिठाई हो । यो परिकार विशेष गरी तिहार र छठ पर्वमा बनाइने गरिन्छ । खजुरीमा बुट्टा बनाउने साँचो बजारमा सजिलै पाइन्छ त्यसको सहयोगले खजुरीमा इच्छा अनुसारको बुट्टा पनि बनाउन सकिन्छ ।

गुँदपाक

गुँदपाक मन नपराउने र थाहा नहुने नेपाली कमै होलान् । नेपाल भरी नै लोकप्रिय मिठाइ मध्येको एक हो गुदपाक । गुदपाक खुवा, नेपाली घिउ, चिनी, खैरो चिनी या सख्खर, काजु, बदाम, नरिवल, खजुर, अलैँची लगायत आयुर्वेदिक मसलाको प्रयोग गरी बनाउने गरिन्छ । गुदपाक घरमै सजिलै बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?