+

सालहाको दुई गोलमा लिभरपुल दोस्रो स्थानमा

२०८० कात्तिक  २७ गते ९:१८ २०८० कात्तिक २७ गते ९:१८
सालहाको दुई गोलमा लिभरपुल दोस्रो स्थानमा

२७  कात्तिक, काठमाडौं । मोहमद सालहाको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा सालहाले ३९औं र ६२औं मिनेटमा गोल गरे । यस्तै डिएगो जोटमले ७४औं मिनेटमा एक गोल गरे ।

जितपछि १२ खेलबाट २७ अंक जोडेर लिभरपुल दोस्रो स्थानमा उक्लेको छ र शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदुरी एकमा झारेको छ ।

आर्सनल र लिभरपुलको समान अंक भए पनि लिभरपुल गोल अन्तरमा अघि छ । ब्रेन्टफोर्ड १२ खेलबाट १६ अंकसहित ११औं स्थानमा छ ।

 

लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय