+
+

वेल्डिङ गर्न थालेपछि रोकियो धनुषामा ट्रान्सफर्मर चोरी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १५:१८

२८ कात्तिक, जनकपुरधाम । गत भदौ महिनासम्म धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकामा विद्युत ट्रान्सफर्मर चोरीको घटना निकै हुन्थ्यो ।

टान्सफर्मर चोरीका घटना विद्युत प्राधिकरण वितरण केन्द्र र इलाका प्रहरी कार्यायल सखुवा महेन्द्रनगरका कर्मचारीको लागि दुखाइ बन्यो । त्यसपछि प्रहरी र प्राधिकरणका कर्मचारीले यस्तो जुक्ति लगाए कि तीन महिनादेखि टान्सफर्मर चोरी भएको छैन ।

सिँचाइ, खानेपानी, विद्यालयमा विजुली बत्ती लगायत प्रयोजनको लागि जडान गरिएको टान्सफर्मर चोरी हुने गरेका थिए ।

प्रहरी र प्राधिकरणका कर्मचारीले मिलेर चोरीको जोखिममा रहेका विद्युत टान्सफर्मरहरुलाई वेल्डिङ गरेर निकाल्न नमिल्ने बनाएका छन् ।

वेल्डिंग गरेदेखि टान्सफर्मरहरु पूर्ण रुपमा चोरी हुनबाट बन्द भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताए ।

जडान भएको ठाउँबाट ११ हजार भोल्टको विद्युत लाइन काटेर ट्रान्सफर्मर भुइँमा खसाल्ने र नट खोलेर भित्रको तामाको महंगो क्वाइल झिक्ने घटना निकै बढेको थियो ।

जडान गरिएको ठाउँमा नटबोल्टले राम्ररी नकस्नु र तारले मात्र दुवैतर्फ बाँधेको कारण चोरले सजिलै तार काटेर तल खसाल्थे । त्यसपछि ट्रान्सफर्मरबाट तामाको तार झिकेर लैजाने गरेका थिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार टान्सफर्मरलाई जडान भएको ठाउँमा र नटमा वेल्डिङ गरेपछि चोरी नियन्त्रण भएको हो ।

उनका अनुसार क्षिरेश्वरनाथ, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा झण्डै ३७ वटा टान्सफर्मरलाई वेल्डिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?