+
+

‘फिल्म बजार-२०२३’ मा सहभागी हुन गोवा लागे भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १२:१०

काठमाडौं । गोवामा आयोजना हुन लागेको फिल्म बजार-२०२३ मा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी सोमबार भारत प्रस्थान गरेका छन् ।

त्यसतर्फ उड्नुअघि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले विदेशमा नेपाली फिल्मको बजार खोजी गर्ने उद्देश्यले आफू त्यता जान लागेको बताए ।

पहिलोपटक बोर्डले कुनै विदेशी फिल्म मार्केटमा स्टल खडा गरेरै नेपाली फिल्मको बजार प्रवर्द्धनको काम थालेको हो । भारतमा नेपाली फिल्मको बजार खोजी र नेपालमा विदेशी फिल्मको छायांकन कसरी गर्न सकिन्छ भनेर आफू गोवा जान लागेको केसीले बताए ।

यसबाहेक ‘फिल्म डेस्टिनेसन इन नेपाल’ नामक डकुमेन्ट्रीको प्रदर्शन र पुस्तक प्रदर्शनी पनि त्यहाँ हुने उनले जनाए । विदेशी फिल्म निर्मातासँग अन्तरक्रिया कार्यक्रम समेत हुने उनले जनाए ।

मंसिर ४ देखि ८ गतेसम्म गोवामा भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अफ इण्डिया (एनएफडीसी)ले फिल्म बजार २०२३ को आयोजना गर्दैछ । अध्यक्ष केसीसहित बोर्ड प्राविधिक प्रवीण पाण्डे पनि त्यसतर्फ लागेका छन् ।

तर तयारीबिनै अध्यक्ष केसी गोवा लागेको भन्दै टिप्पणी भइरहेको छ । यो असन्तुष्टिलाई स्वयं अध्यक्ष केसीले विमानस्थलमा स्वीकारेका छन् । आगामी फिल्म मार्केटमा संघसंस्थाका प्रतिनिधिदेखि पत्रकारलाई समेत समेट्ने उनले बताए ।

यसबारे सोधिएको जिज्ञासामा बोर्ड प्रवक्ता केएल बुढाथोकीले पनि बिना तयारी बोर्डको टोली भारत लागेको भन्ने कुरालाई स्वीकारे । ‘अझै तयारी गर्न सकिन्थ्यो । केही कमजोरी भएकै छ । आउँदा दिनमा हामीले सुधार्छौं,’ बुढाथोकीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?