+
+

कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १२:५६

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सरकारको प्रभावकारीताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले सरकारको कामकारबाहीको समीक्षा गर्ने गरि केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठक बोलाउने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन ।

‘केही दिन भित्रमा पार्टीका पदाधिकारी, नेताहरु, कार्यसम्पादन समितिका सदस्य र सरकारका मन्त्रीहरुका विचमा सरकारका काममा केन्द्रीत भएर बैठक गर्ने कुरा भएको छ,’ महामन्त्री थापाले भने,‘एउटा केन्द्रीय समिति र संसदीय दलको बैठक पनि सरकारकै विषयमा मात्रै केन्द्रित भएर छलफल गर्ने कुरा भएको छ ।’

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान पदाधिकारी बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?