+
+

आईसीसीको टिम अफ द टुर्नामेन्टमा भारतीय खेलाडीको वर्चस्व, परेनन् विश्वकप विजेता कप्तान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १७:१६

४ मंसिर, काठमाडौं । आइतबार अहमदावादमा घरेलु टोली भारतलाई पराजित गरेको अस्ट्रेलियाले छैटौं पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । एक महिनासम्म चलेको विश्वकप सकिए लगत्तै सोमबार आइसीसीले टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको छ ।

जसमा विश्वकप विजेता कप्तान पाट कमिन्स परेका छैनन् ।आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी परेका छन् ।

१. क्विन्टन डि कक (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डि ककको नाम आईसीसीको प्लेइङ ११ मा पहिलो नम्बरमा छ । उनले लिग चरणका खेलमा ४ वटा शतक बनाएका छन् । उनले वाङखडे स्टेडियममा बंगलादेशविरुद्ध १७४ रनको पारी उनको उत्कृष्ट मध्ये एक हो । डि ककले ५९४ रन बनाएका छन् । उनको स्ट्राइक रेट १०७.०२ छ ।

२.रोहित शर्मा (भारत)

भारतीय कप्तान तथा ओपनर रोहित शर्मा दोस्रो नम्बरमा छन् । उनले ओपनिङमा देखाएको प्रदर्शन सहरानीय रहेको छ । उनले प्रतियोगिताभर ५९७ रन बनाएका छन् । उनकै टिममेट विराट कोहलीले उनले भन्दा बढी बनाएका छन् । शर्माले २०१९ मा बनाएको भन्दा यस पटक ५१ रन कम बनाए ।

३. विराट कोहली (भारत)

भारतीय क्रिकेटर विराट कोहलीले यो विश्वकपको दौरान आफ्नो एकदिवसीय शतकको अर्धशतक पूरा गरे । उनले भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडे । उनले विश्वकपमा हालसम्मका कुनै पनि ब्याटरले जोड्न नसकेको जति ऐतिहासिक रन बनाए । उनले एकै विश्वकपमा ७६५ रन बनाए । सचिन तेन्दुलकरले २००३ मा ६७३ बनाएका थिए ।

उनले ११ पारीमा २ वटा पारीमा मात्रै अर्धशतक बनाएनन् । उनले यो प्रतियोगिता भर ३ शतक प्रहार गरे ।

४. डेरेल मिचेल (न्यूजिल्यान्ड)

न्यूजिल्यान्डका ब्याटर डेरेलले यस विश्वकपमा ५५२ रन बनाए । उनले १११.०६ स्ट्राइक रेटमा रहेर ६९ को औसतमा खेलेका थिए । उनको टिम सेमिफाइनलबाट बाहिरिए पनि उनको प्रदर्शनले भने यस विश्वकपमा निकै तारिफ कमाएको थियो ।

उनले यस विश्वकपमा आफ्नो भर्सटाइल प्रदर्शनले सबैको मन जितेका हुन् । उनले सेमिफाइनलमा भारतविरुद्ध १३४ रनको पारी खेले ।

५. केएल राहुल (भारत)

भारतीय विकेट किपर ब्याटर केएल राहुल धैर्यताको प्रतिमुर्ति हुन् । उनले खेलमा विशेषत मिडलअर्डरमा आएर टिमलाई चाहिएको बेला विकेट धानेर खेलेका थिए । उनले यस विश्वकपमा सम्हालिएको पारीसँगै ४५२ रन बनाएका छन् ।

केएलले नेदरल्यान्ड्सविरुद्ध १०२ रनको पारी खेलेका थिए । अष्ट्रेलियाविरुद्ध लिग चरणमा ९७ को अविजित पारी उनले खेले ।

फाइनल खेलमा पनि केएलले एकातर्फबाट विकेट सम्हाल्दै ६६ रन बनाएका थिए । उनले ७५.३३ को औसतमा खेलेका थिए । जुन प्रतियोगिताकै तेस्रो उत्कृष्ट ब्याटिङ औसत हो ।

६. ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

म्याक्सवेलको जादु यो विश्वकपमा खुबै चल्यो । उनले नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक प्रहार गर्दै विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने । उनले अफगानस्तानसँगको खेलेको पारी उत्कृष्ट थियो । उनले अष्ट्रेलियाको लागि दोहोरो शतक प्रहार गर्दै जित दिलाए । खुट्टामा चोट बोकेर पनि उनले १२८ बलमा २०१ रनको अविजित पारी खेले ।

७. रविन्द्र जडेजा (भारत)

भारतीय बलिङ अलराउन्डर रविन्द्र जडेजाले टिमको लागि उत्कृष्ट पारी खेले । मिडलअडरमा आएर महत्वपूर्ण विकेट निकाल्दै उनले टिमको जितको नट कस्थे । उनको इकोनोमि रेट यो प्रतियोगिताकै उत्कृष्ट रह्यो । उनले एक ओभरमा ४.२५ औसनमा खेले । उनले ब्याटिङमा सात नम्बरमा आएर ५ खेलमा १२० रन बनाएका छन् ।

८. जसप्रित बुमराह (भारत)

भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह भारतीय बलिङ डिपार्टका खम्बा हुन । उनले विपक्षीलाई नयाँ तरिकाको बलले छक्काउने गर्छन् । उनको बलिङले विपक्षीलाई निकै गाह्रो पार्छ ।

उनको बलिङले टिममा महत्वपूर्ण असर पार्छ । उनले प्रतियोगिताभर एकदमै अप्ठ्यारो अवस्थामा आएर विकेट निकालेका छन् । उनको इकोनोमी रेट ४.०६ छ ।

९. दिलशान मदुशंका (श्रीलंका )

श्रीलंकाका बाँया हाते तिव्रगतिका बलर दिलशान प्रतियोगितामा उत्कृष्ट रहे । उनको टिमले सोचेजस्तो नतिजा निकाल्न नसक्दा पनि उनको बलिङ निकै महत्वपूर्ण रह्यो । उनले प्रतियोगितमा २१ विकेट लिएका छन् ।

जससँगै प्रतियोगिताको सर्वाधिक विकेट लिनेको सुचीमा उनी पाँचौं नम्बरमा छन् । उनले भारतविरुद्ध ८० रन खर्चेर ५ विकेट लिएका थिए ।

१० आदम जाम्पा (अष्ट्रेलिया)

अष्ट्रेलियाका लिडिङ विकेट टेकरको रुपमा रहेका जाम्पामा स्पिनरका रुपमा एक विश्वकपमा सबैभन्दा धेरै विकेट लिने मुथैया मुरलीधरनको रेकर्ड बराबरी बनाएका छन् । उनले प्रतियोगिताभर २३ विकेट लिएका छन् । जसको औसत २२.३९ रहेको छ । उनले नेदरल्यान्डस्विरुद्ध ८ रनमात्रै खर्चिएर ४ विकेट लिएका थिए ।

अष्ट्रेलियाका लेग स्पिनर जाम्पाभन्दा भारतीय मोहम्मद शामीले मात्रै बढी विकेट लिन सके ।

११. मोहम्मद शामी (भारत)

भारतीय तीव्र गतिका बलर मोहम्मद शामी यस प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले यस प्रतियोगिताभर २४ विकेट लिएका छन् । उनको औसत १०.७० र ५.२६ रहेको छ । विश्वकपको इतिहासमा ४ क्रिकेटरले मात्रै उनले भन्दा बढी विकेट लिएका छन् । लसिथ मालिङ्गा(५६), मिचेल स्र्टाक (६५), मुथैया मुरलीधरन (६८), ग्लेन म्याग्राथ (७१) ।

१२. गेराल्ड कोएत्जी (दक्षिण अफ्रिका)

आइसीसीले १२ औं खेलाडीको रुपमा दक्षिण अफ्रिकाका युवा तिव्र गतिका बलर गेराल्ड कोएत्जीलाई राखेको छ । उनले ८ खेलमा २० विकेट लिँदै आफूलाई आइसीसीको नजरमा पार्न सफल भएका हुन् । २३ वर्षीय गेराल्डको औसत १९.८० र इकोनोमी ६.२३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?