+
+

हेटौंडामा गोविन्द गिरी ‘प्रेरणा’को एकल कविता वाचन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १८:२३

काठमाडौं । हेटौंडामा साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’को एकल कविता वाचन कार्यक्रम भएको छ । साहित्य संगम मकवानपुरले आयोजना गरेको कार्यक्रममा गिरीले आमा, छुटेको रेल, क्यारोलिना, फिर्ती टिकटलगायत १० कविता वाचन गरे ।

कविता वाचन सुरु गर्नुअघि उनले हेटौंडामा छँदै सिर्जनाका बीउ टुसाएको र काठमाडौंमा सिर्जनाको अवसर मिलेको बताए ।

कार्यक्रमको सुरुवातमा साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले साहित्यकार गिरीको साहित्यिक परिचय प्रस्तुत गर्दै उनका कथा, कविता, निवन्ध, समालोचना, अन्तर्वार्ता, अनुवाद, नियात्रा, जीवनी र हास्यव्यङ्ग्य संग्रहहरू प्रकाशित भएको जानकारी दिए । गिरीले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कारलगायत प्राप्त गरेका छन् ।

गिरी मकवानपुरको टेक्कर सिस्नेरीमा जन्मेका हुन् भने हेटौंडामा उनको स्कुले जीवन बितेको थियो । साढे चार दशकदेखि नेपाली साहित्यका विविध विधामा लेख्दै आएका गिरी हाल अमेरिकामा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?