+
+

साम अल्टमन ओपन एआईमै फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १६:५८

६ असार, काठमाडौं । एक हप्ता लामो विवादपछि साम अल्टमन च्याट जिपिटीको माउ संस्था ओपन एआईमै फर्किएका छन् ।

ओपन एआईले एक विज्ञप्ति जारी गर्दै अल्टमन प्रमुख कार्यकारी अधिकृत सीईओकै रुपमा कम्पनीमा फर्कन लागेको बताएको छ ।

ब्रेट टेलर र लैरी समरसँगै साम पनि कम्पनीको बोर्ड सदस्य हुने छन् ।

यसअघि कम्पनीले सामलाई पदबाट हटाएको थियो । त्यसपछि उनी माइक्रोसफ्टमा आवद्ध भएका थिए । तर फेरि अहिले ओपन एआईमै फर्किएका हुन् ।

सामले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारी अनुसार उनी माइक्रोसफ्टका सीईओ सत्या नडेलासँगकै सहमतिमा ओपन एआईमा फर्किएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘मलाई ओपन एआईको माया छ, पछिल्ला दिनमा मैले जे गरेँ, त्यो यो टिम र मिसनलाई एकजुट राख्नका लागि थियो, म आइतबार माइक्रोसफ्टमा आवद्ध हुँदा म र मेरो टिमका लागि यो नै सबैभन्दा राम्रो बाटो हो भन्ने लागेको थियो, सत्या नडेलाको समर्थन र नयाँ बोर्डको साथमा ओपन एआईमा फिर्ता हुँदा मलाई खुसी लागेको छ ।’

ओपन एआईका संस्थापकसमेत रहेका सामलाई हटाएपछि कम्पनीमा विरोध भएको थियो । कर्मचारीले सामलाई फिर्ता ल्याउन माग गर्दै बोर्डलाई पत्र लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?