+
+

नबिल बैंकले घोषणा गर्‍यो नगद लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते ११:१९

७ मंसिर, काठमाडौं । नबिल बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

बिहीबार बिहान साढे ९ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ११ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक सेयर बोनस नदिने भएको छ ।  नबिलको यो लाभांश हालसम्मकै कम हो । यसअघि गत आर्थिक वर्ष बैंकले ११.५० नगद र १८.५० सेयर बोनससहित ३० प्रतिशत लाभांश प्रदान गरेको थियो ।

नबिलले साविकको नेपाल बंगलादेश बैंकलाई गाभेपश्चात बढेको चुक्ता पूँजी र निक्षेपअनुसार आम्दानी तथा नाफा बढ्न नसक्दा लाभांश क्षमता घटेको छ ।

पछिल्लो समय बैंकको सम्पत्तिमा प्रतिफल (रिटर्न अन इक्विटी) घट्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा १३.३८ प्रतिशत यस्तो प्रतिफल रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १०.०३ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?