+
+

माछापुच्छ्रे बैंकको अध्यक्षबाट उपेन्द्र महतोले दिए राजीनामा, रोशन केसी नयाँ अध्यक्षमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते ११:३३

७ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् ।

मंसिर ७ गते उनले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापकसमेत हुन् ।

उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

साथै बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । केसी पोखरा महानगरपालिका-७ का स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?