+
+

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता पुस १ गतेबाट हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १५:०६
फाइल तस्वीर ।

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता पुस १ गतेबाट काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कपको मिति घोषणा गर्दै प्रदेशमा खेलाडी छनोटका लागि पत्राचार गरिसकेको छ ।

क्यानका अनुसार मंसिर २५ भित्र हरेक प्रदेशले आफ्नो खेलाडीको छनोट गरिसक्नु पर्ने छ । त्यसको तयारी प्रदेशहरुले खेलाडी छनोटको लागि खेलाडी बोलाउने काम सुरु गरेका छन् ।

लुम्बिनी प्रदेशले खेलाडी छनोटका लागि खेलाडी छनोटका लागि विज्ञप्ति जारी गरेको छ ।

क्यानले पत्राचार गरि खेलाडी छनोटका लागि भनेपछि विज्ञप्ति जारी गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?