+
+

धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाजले गर्‍यो ओभरसुट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १९:२७
फाइल तस्वीर

११ मंसिर, काठमाडौं । धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।

चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको उनले अनलाइनखबरलाई जानकारी दिए ।

‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्‍यो ।’

जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको उनले जानकारी दिए । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?