+
+

अनेरास्ववियुद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयका लागि अस्थायी टहरा निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १६:५५

१२ मंसिर, काठमाडौं । गत १७ कात्तिकमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको दुई वटा माध्यमिक विद्यालयका लागि अनेरास्ववियुले अस्थायी टहरा निर्माण गरेको छ ।

अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्तीको नेतृत्वको समूहले आदर्श माविको लागि ९ वटा अस्थायी टहरा र जनविकास माविको लागि ७ वटा अस्थायी टहरा निर्माण गरी सम्बन्धित विद्यालय प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् ।

भूकम्पले विद्यालयको भवन क्षतिग्रस्त बनाएपछि विद्यालयले खुला चौरमा पठनपाठन सुरू गरेको थियो । चिसो मौसम सुरू भएकोले खुला चौरमा हावाले बालबालिका विरामी हुने जोखिम देखिएकोले केही कम गर्न टहरा बनाइएको उपाध्यक्ष घर्ती बताउँछन् । उनले भने ‘अहिलेसम्म बालबालिकाहरु खुला चौरमा नै पढिरहेका थिए । तत्कालको लागि विद्यार्थीलाई चिसोबाट बचाउनको लागि पनि अस्थायी टहराको खाँचो थियो।’

आठबिसकोट नगरपालिकाको अनुसार पालिकाको ६४ विद्यालयमध्ये ५२ विद्यालयमा क्षति पुगेको छ । भूकम्पमा परी ११ जना विद्यार्थी र एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।

करिब १४०० विद्यार्थीको शैक्षिक सामग्री र ७६ वटा शौचालयमा क्षति पुगेको छ । भूकम्पबाट ९ हजार ८४४ विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित भएको नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?