+
+

पैसाका लागि छोरीको लासको बिहे !

एजेन्सी एजेन्सी
२०८० मंसिर १४ गते ८:४४

एक दम्पतिमाथि आफ्नै १६ वर्षे छोरीको शव बिक्री गरेको आरोप लागेको छ ।

आत्महत्या गरेकी छोरीको लासलाई उनकै बुवाआमाले भूत बेहुली अर्थात् घोस्ट ब्राइडको रुपमा बेचिदिएको दाबी गरिएको छ । मृतक किशोरीलाई सो दम्पतिले धर्मपुत्री बनाएका थिए ।

आफ्नै छोरीको लास बेचेको आरोप लागेका दम्पतीबाट पुलिसले करिब १३ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको छ । तथापि प्रहरीले उनीहरु माथि मुद्दा चलाउन भने अस्वीकार गरेको छ ।

यो घटना चीनको शांगडोंग प्रान्तको हो । साउथ चाइना मर्निंग पोष्टका अनुसार एकजना पुरुषले आफू मृतक किशोरीको वास्तविक पिता रहेको दाबी गरेका छन् ।

आफ्नी छोरी जियाओदानले भवनको नवौं तलाबाट हाम फालेर गतवर्ष डिसेम्बरमा आत्महत्या गरेकी उनले बताएका छन् ।

आफ्नी छोरीलाई धर्मपुत्री बनाएका पुरुषले उनलाई दु:ख दिएका कारण आत्महत्या गरेको जिकिर ती पुरुषको छ ।

सन् २००६ मा आफु र आफ्नी पत्नीले आफ्नी छोरीलाई उक्त दम्पतीलाई धर्मसन्तानको रुपमा दिएको दाबी उनले गरेका छन् ।

आफ्ना पहिले नै जुम्ल्याहा सन्तान भएको र लालनपालनका लागि पर्याप्त पैसा हुँदा उनीहरुले ती छोरी अर्को निसन्तान दम्पतिलाई दिएका थिए ।

छोरीको मृत्युपछि उनका धर्मपिताले उनको शवलाई एउटा अर्को शवसँग बिहे गराइदिएको दाबी ती पुरुषको छ । यसका लागि उनले पैसा लिएका थिए ।

स्मरण रहोस् चीनका विभिन्न ग्रामीण इलाकामा मृतक व्यक्तिका लासहरुबीच विवाह गराइदिने परम्परा तीन हजार वर्ष अघिदेखि चलिआएको छ ।

बिहे नहुँदै कुनै व्यक्तिको मृत्यु भयो भने उसको आत्माले आफन्तहरुलाई पिरोल्ने जनविश्वासका आधारमा मृतक व्यक्तिको लासको बिहे गर्ने चलन रहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?