+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १७:०१

१४ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको अदक्ष जनशक्तिलाई सीपयुक्त बनाउन राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने भएको छ ।

अदक्ष जनशक्तिलाई आन्तरीक तथा अन्तराष्ट्रिय श्रम बजारको लागि प्रतिस्पर्धी वनाउन राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको गरेको हो ।

बिहीबार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले श्रम सचिवको अध्यक्षतमा १२ सदस्यीय सञ्चालक समिति रहने गरी राष्ट्रिय व्यवसाहिक प्रशिक्षण प्रतिष्ठान बिकास समिति स्थापना गर्ने निर्णय गरेको हो । योसँगै भैसेपाटी, इटहरी र बुटलवमा रहेको व्यवसाहिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएको छ ।

विकास समितिमा अर्थ, शिक्षा, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बार्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष वा प्रतिनिधि रहनेछ ।

कार्यकारी निर्देशक सदस्य सचिव रहनेछ । समितिले प्रतिस्पर्धा गरी चार बर्षको लागि कार्यकारी निर्देशक नियुक्त गर्नेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अदक्ष र अर्धदक्ष जनशक्तिलाई सीपयुक्त वनाउने संयन्त्र वनेको बताए ।

‘बजार र अन्तराष्ट्रिय बजारको सीपयुक्त जनशक्तिको माग छ। दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशीलता जनशक्ति उत्पादन नहुदा नेपाली जनशक्तिले उचित ज्याला र सुरक्षा पाइरहेको छैन’, उनले भने, ‘यो बिकास समितिले बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी बजारको आवश्यकता पुरिपुर्ति गर्नेछ । समितिले दिएको प्रमाणपत्रले अन्तराष्टिय मान्यता पाउनेछ ।’

विकास समितिले ‘स्वदेश वा विदेशमा रोजगारीको लागि उपयोगी हुने विभिन्न विषय (ट्रेड) का निर्धारित पाठ्यक्रम अनुसार ६ महिना अबधी प्रशिक्षण दिइनेछ । त्यो प्रशिक्षण कम्तीमा ७ सय तीस कार्यघण्टा प्रशिक्षण हुन्छ ।

समितिले दक्ष प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशिलता जनशक्ति उत्पादन गर्नको लागि आवश्यक पर्ने प्रशिक्षण कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दीर्घकालिन तथा अल्पकालिन नीति तर्जुमा गर्ने, श्रम बजारको माग अनुरुप दश जनशक्ति उत्पादन गर्नको लागि आवश्यक प्रशिक्षणको बिषय (ट्रेड) पहिचान तथा छनोट गर्ने, समितिको बार्षिक योजना कार्यक्रम तथा बजेट स्वीकृत गर्नेछ ।

सीप विकास तथा उद्यमशीलता बिकास तालिम, वैदेशिक रोजगारीमा जान छनोट भउका कामदारका लागि सञ्चालन गरिने पुर्व प्रस्थान अभिमुखिकरण, मुख्य प्रशिक्षक प्रशिक्षण तथा कार्यस्थलमा आधारीत व्यावसाहिक तथा सीप विकास तालिम (एप्रेन्टिसीप) दिइनेछ ।

समितिले वैदेशिक रोजगारीको गन्तव्य मुलुक र तालिम प्रदायक अन्य संस्थासग समन्वय गरी प्रशिक्षण सम्बन्धी सहयोग परिचालन गर्नेछ । श्रम प्रधान तालिम प्रदायक संस्थाको पाठ्यक्रम र तालिम अबधी निर्धारण गर्ने र परिक्षण गर्नेछ ।

श्रम प्रधान तालिम प्रदायक संस्थाले सञ्चालन गर्ने ब्यवसाहिक प्रशिक्षणमा एकरुपता तथा गुणस्तरीय कायम गर्नको लागि तालिम प्रदायक संस्थाहरुको सुचीकरण, अनुगमन र समितिसग आबद्धता समेतकोलागि आवश्यक मापदण्ड, निर्धारण गर्ने तथा सोको कार्यान्वयनको बिषयमा मन्त्रालयमा पेश गर्नेछ ।

यो समितिको एउटा छुट्टै कोष हुन्छ । यो कोषमा नेपाल सरकारबाट प्राप्त हुने अनुदान, स्वदेशी व्यक्ति, निकाय वा संस्थाबाट सहायता स्वरुप प्राप्त हुने रकम, विदेशी व्यक्ति, सकार वा अन्तराष्ट्रिय संघसंस्थाबाट प्राप्त हुने रकम, समितिले उपलब्ध गराएको कुनै सेवा वापत प्राप्त हुने रकम कोषमा जम्मा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?