+
+

जनमत पार्टीले वडादेखि प्रदेशसम्मको अधिवेशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १७:३९

१४ मंसिर, काठमाडौं । जनमत पार्टीले आगामी वैशाखभित्र वडादेखि प्रदेशसम्मको अधिवेशन गर्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वडादेखि प्रदेशसम्मको अधिवेशनको मिति तय गरेको हो ।

पार्टी सचिव बीपी साहका अनुसार, १५ मंसिरदेखि १५ माघसम्म वडा अधिवेशन गर्ने निर्णय भएको छ । वडा अधिवेशन सकिएपछि १५ फागुनसम्म पालिका र ३ चैतमा जिल्ला अविधेशन गर्ने निर्णय भएको छ ।

जिल्ला अधिवेशन एकैदिन गर्ने सचिव साहले बताए । प्रदेश अधिवेशन २४–३० वैशाख २०८१ का लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?