+
+

ताइजुलले १० विकेट लिएपछि पहिलो टेष्टमा बंगलादेशको जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते १८:५५

१६ मंसिर, काठमाडौं । लेफ्ट आर्म स्पिनर ताइजुल इस्लामले १० विकेट लिएसँगै बंगलादेशले पहिलो टेष्ट म्याचमा न्यूजिल्याण्डलाई हराएको छ ।

सिलेटमा ताइजुलले ७५ रन दिएर ६ विकेट लिएपछि न्यूजिल्याण्ड १८१ रनमै अलआउट भयो र घरेलु टोली १५० रनले विजयी भयो । यो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि बंगलादेशको दोस्रो जित हो ।

३३२ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले शनिबार अन्तिम दिनको खेल ११३–७ बाट थालेको थियो । सुख्खा र टर्निङ पिचमा नइम हसनले ड्यारल मिचेल (५८) को विकेट लिए । त्यसपछि ताइजुलले टिम साउथी (३४) र इश शोढी (२२) लाई आउट गरेपछि उनको नाममा १० विकेट रह्यो ।

पहिलो पारीमा बंगलादेशले ३१० रन बनाएको थियो भने ताइजुलले ४ विकेट लिएपछि न्यूजिल्याण्डले ३१७ रन बनाएको थियो । दोस्रो पारीमा बंगलादेशले कप्तान नजमुल हुसेन शान्तोको शतकको मद्दतमा ३३८ रन बनाएपछि न्यूजिल्याण्डले ३३२ रनको लक्ष्य पाएको थियो ।

दोस्रो तथा अन्तिम टेष्ट म्याच बुधबार मिरपुरमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?