+

नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?

२०८० मंसिर  २१ गते १६:२८ २०८० मंसिर २१ गते १६:२८
नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?

सबैलाई थाहा छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान हो । शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति पनि आमाकै दूधमा हुन्छ ।  तर, कुनै कारणवस आमाको दूध नआएको खण्डमा नवजात शिशुलाई के खान दिने भन्ने प्रश्न पनि छ ।

हुन त बजारमा फर्मुला मिल्क पाइन्छ । तर, त्यस्ता फर्मुला मिल्क नवजात शिशुको लागि कति उपयोगी छ त ? गाईबस्तुको दूध दिन मिल्छ कि मिल्दैन ?

आमाको दूध नआएमा के गर्ने ?

आमाको दूधले बच्चाको भोक मेटाउनुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले आमाको दूध नै बच्चालाई दिन जरुरी छ । तर, कहिले काहीँ आमाको दूध नआउने वा बच्चाले खान नसक्ने अवस्था हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प हो, अर्की आमाको स्तनपान गराउने ।

कुनै अर्की महिला, जसले स्तनपान गराइरहेका छन् उनीहरुबाट आफ्नो बच्चालाई पनि स्तनपान गराउन सकिन्छ ।

यदि त्यो सम्भव छै न भने शिशुलाई चाहिनेभन्दा बढी दूध आउने आमाहरूको दूध संकलन गरी राखिएको ‘ह्यूमन मिल्क बैंकको दूध दिन सकिन्छ ।’

त्यसरी संकलन गरेको दूधलाई प्रशोधन र शुद्धीकरण गर्ने लगायतका प्रक्रिया गर्ने भएकोले यस्तो दूध खुवाउनु सुरक्षित हुन्छ ।

फर्मुला मिल्क

सम्भव भएसम्म दुई वर्षसम्म आफ्नो शिशुलाई नियमित आमाले नै स्तनपान गराउनुपर्छ । तर कतिपय अवस्थामा आमाको दूध नआउन सक्छ । स्तनपान गराउन कठिन हुनसक्छ । त्यस्तो बच्चाको लागि बनेको फर्मुला मिल्क खान दिन सकिन्छ ।

यसैको विकल्पमा मात्र फर्मुला मिल्क बनाइएको हो ।

आमाको दूधमा पाइने पोषक तत्त्वलाई आधार मानेर नै फर्मुला मिल्क उत्पादन गरिएको हुन्छ । आमाको दूधमा कति प्रोटिन, भिटामिन, खनिज, फ्याट छ, त्यसैको संयोजन गरेर निश्चित मापदण्ड अनुसार फर्मुला मिल्क तयार गरिन्छ । यसले शिशुलाई पोषण त दिन्छ । आफ्नै आमाको दूधले जस्तो एन्टीबडी बनाउनमा योगदान दिँदैन ।

गाईबस्तुको दूध दिन मिल्छ कि मिल्दैन ?

विश्व स्वास्थ्य सङ्गठनले  दुई वर्षसम्म बच्चालाई गाईबस्तुको दूध नदिनु भनेको छ । तर, हाम्रो समाजमा भने गाईबस्तुको दूध दिँदा बच्चा बलियो हुन्छ भने भ्रम छ ।

आमाको दूध आएको छैन र फर्मुला मिल्क पनि उपलब्ध नभएर केही विकल्प छैन भने त गाईको दूध पनि दिनु परिहाल्यो । तर, गाईबस्तुको दूध गाईबस्तुको बाच्छाको लागि बनेको हो । उक्त दूध मान्छेको शिशुले पचाउन सक्दैन ।

आमाको दूधमा पाउने प्रोटिनभन्दा तीन गुणा उच्च प्रोटिन, फ्याट गाईको दूधमा पाइन्छ । त्यसैले गाईबस्तुको दूध खुवाउँदा शिशुको पाचन प्रणाली अपरिपक्व भएकाले पचाउन सक्दैन । पछि मिर्गौलामा समस्या हुनसक्छ । प्रोटिन एलर्जी हुनसक्छ । त्यसैले अरू विकल्प भए सम्म नदिनु नै राम्रो हो ।

फर्मुला मिल्क स्तनपान
लेखक
डा. कल्पना सुवेदी, बालरोग विशेषज्ञ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता