
२३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद २१ औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान गरेका छन् । मन्त्री साउद शनिबार बिहान ७ः४५ बजेको कतार एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् । साथै उच्चस्तरीय भेटघाटको क्रममा हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल पनि गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।
कतारमा मन्त्री साउदले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिन जोशीको बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4