+
+

टी-२० श्रृङ्खला खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टिम भारत जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते २०:२५

२३ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले भारतसँग पाँच टी-२० श्रृङ्खला खेल्ने भएको छ । भारतको नेत्रहीन क्रिकेट संघको आयोजनामा २५ देखि २९ मंसिरसम्म दुई देशबीच पाँच टी-२० श्रृङ्खला हुने नेत्रहीन क्रिकेट संघका महासचिव अमृत बरालले जानकारी दिए ।

मुम्बईमा हुने उक्त प्रतियोगिताको तयारी स्वरुप मंसिर ६ देखि २० गतेसम्म बन्द प्रशिक्षण सञ्चालन गरिएको थियो । गीता पौडेलको कप्तानीमा रहने नेपाली टीम र प्रशिक्षक गरी २१ जनाको टोली २४ मंसिरमा भारत जानेछ । नेत्रहीन महिला क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा नहेन्द्र निरौला र टोली व्यवस्थापकमा ज्योति केसी रहेका छन् ।

क्रिकेट टोलीमा  प्रतिभा राई, इसारा माया लुङ्गगेली, मुना अर्याल, पुनमकुमारी चौधरी, सृजना परियार, विनिता सोमै, कान्ती चौधरी, सरिता घिमिरे, सीता डगौरा, मनकेशी चौधरी, विमला राई, निशा डगौरा, दिल्लीशरा धमला, उजेली थारु, विनिता पुन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?