+
+

महन्थविरुद्ध राजेन्द्र महतोको आक्रोश : कांग्रेसबाट आएर मधेशवादीहरूलाई हटाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ११:५२

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी केन्द्रीय समिति बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् । अध्यक्ष महन्थ ठाकुरको कार्यशैली एकलौटीपूर्ण भएको आरोप लगाउँदै उनी अनुपम फुडल्याण्डमा बोलाइएको पार्टी बैठकमा नगएका हुन् ।

अनलाइनखबरसँग बोल्ने क्रममा ठाकुरप्रति इंगित गर्दै महतोले भने, ‘नेता हुँ भन्छन्, भनेको केही मान्दैनन् । त्रुटि सच्याउँछु भन्छन्, सच्याउँदै सच्याउँदैनन् ।’

कुन त्रुटि चाहिं ठाकुरले सच्याउनुभएन ?

कुनै पनि त्रुटि सच्याउनुभएन । जीवनभरि मधेशवादको लागि संघर्ष गरेर आएका साथीहरुलाई छुटाएर केन्द्रीय समिति विस्तार गर्नुभयो । झापाको विश्वनाथ राजवंशीदेखि पश्चिमको फनीराम चौधरीसम्म छुटाउनुभयो । जुन बेला उहाँ कांग्रेसको लागि लड्दै हुनुहुन्थ्यो, यी साथीहरू मधेशवादको लागि लड्दै थिए । कांग्रेसबाट आएर मधेशवादीहरूलाई हटाउने ? मधेशवादकै जन्मदाताहरूलाई हटाउने ?

गर्छु भनेर नगर्ने कार्यशैलीसँग चित्त नबुझेको हो ?

के गर्ने ! यो उहाँको कार्यशैली नै बनिसक्यो । करेक्सन गर्छु सुधार गर्छु भन्ने, तर नगर्ने । ९० जना खाली सिटमा पनि उहाँले सही मानिसहरु लैजानुभएन । ४११ सदस्यीय केन्द्रीय समितिमा सबै उहाँकै मात्र हुने ? मधेशवादको केही सम्मान छैन ?

अब तपाईं के गर्नुहुन्छ ?

मैले बैठक बहिष्कार गरें । मलाई उहाँको शैली चित्त बुझेन । आफ्नै कार्यकर्तासँग डराएर हुन्छ ? उहाँले सही र योग्य व्यक्तिलाई केन्द्रीय समितिमा लैजानुपर्छ । म यही कुरा उठाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?