+
+

ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १०:१५

२५ मंसिर, काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।कम्पनीले यस पटक बोनस सेयर नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ८ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत लाभांश प्रदान गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ ६० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?