+

पेटको बोसो घटाउन घरमै गरौं यी ४ व्यायाम

२०८० मंसिर  २५ गते १४:३१ २०८० मंसिर २५ गते १४:३१
पेटको बोसो घटाउन घरमै गरौं यी ४ व्यायाम

विश्व स्वास्थ्य संगठनको आंकडा छ, ‘पछिल्लो ३० वर्षमा विश्वभर मोटो व्यक्तिको संख्या ३ गुणा बढेको छ ।’

जसरी विश्वभर मोटोपनको समस्या बढ्दो छ र उसैगरी ‘मोटोपन घटाउने’ सूत्र र ओखतीहरुको बजार पनि फस्टाएको छ । मोटोपन आजको भोलि नै बढ्ने कुरा होइन । तर, मान्छेहरु चाहन्छन् मोटोपन आजको भोलि नै घटाउन सकियोस् ।

मान्छेको यस्तो आकंक्षाले गर्दा ‘तुरुन्तै मोटोपन घटाउने’ धन्दा फस्टाएको छ । वास्तवमा मोटोपन आजको भोलि नै घटाउन सकिने कुरा होइन । यो लामो समयको एउटा प्रक्रिया हो ।

मोटोपन घटाउन मान्छेहरुले गर्ने सबैभन्दा ठूलो गल्ती भनेको, खानेकुरामा कटौती । धेरैलाई के लाग्छ भने खानेकुरामा नियन्त्रण गरेपछि मोटोपन घट्छ । वास्तवमा मोटोपन घटाउनका लागि खानेकुरा घटाउने होइन, खराब खानेकुरामा मात्र कटौती गर्ने हो ।

ताजा, पोषिलो र सन्तुलित खानेकुरा त पुग्दो मात्रामा खानैपर्छ । र, यस्ता खानेकुराले मोटोपन बढ्दैन ।

मोटोपन बढ्नु भनेको शरीरमा अतिरिक्त बोसो संचय हुनु हो । अतिरिक्त बोसो यसकारण संचय हुन्छ कि जब हामी त्यसलाई खर्च गर्दैनौं । यसलाई खर्च गर्ने प्रभावकारी र प्राकृतिक विधि भनेको शारीरिक गतिविधि हो । त्यसमा पनि व्यायाम ।

सामान्यत यी व्यायाम हामी घरमै गर्न सक्छौं । त्यसका लागि जिम धाइरहनुपर्दैन ।

पुलअप

यो आफैँमा एक सम्पूर्ण व्यायाम हो । पुलअप  गर्दा शरीरको हरेक हिस्सामा दवाब  पर्छ र सबै मांसपेसीहरू तन्किन्छन् । यसैले पुलअप गर्नाले बोसो चाँडै घट्छ ।

पुलअफ गर्नको लागि रडमा समातेर झुण्डिनुपर्छ । हत्केला अगाडि बनाउने र हत्केलामा काँध र पाखुराको बल लगाएर पूरै शरीरलाई माथितिर तन्काउनु पर्छ । दुई सेकेण्ड रोकिएपछि शरीरलाई तल ल्याउने र पुन माथि लानुपर्छ । यो क्रम निरन्तर गर्नुपर्छ ।

उठबस

कम्मर, पिठ्युँ र पेटमा जमेको बोसोलाई कम गर्ने राम्रो तरिका हो उठबस अर्थात् स्क्वाट । यसका लागि दुवै हात अगाडि तर्फ राख्नुपर्छ । सिधा उभिने र छाती थोरै बाहिर निकाल्नुपर्छ । आफ्नो घुँडालाई मोड्दै कुर्सिमा बसेको जसरी बस्नुपर्छ । आफ्नो घुँडालाई हातको समानान्तर नै राख्नुपर्छ ।

त्यतिखेरसम्म तल झुक्नुपर्छ जतिखेरसम्म जाँघ जमिनको समानान्तर नहोस् । माथि आउँदा सास छोड्नुपर्छ । यो व्यायाम सजिलोसँग घरमै गर्न पनि सकिन्छ ।

पुसअप 

पुसअप पनि द्दरमा सजिलै गर्न सकिने व्यायाम हो । पुसअप गर्नको लागि सबैभन्दा पहिले जमिनमा म्याट ओछ्याउने र पेटको बलले सुत्नुपर्छ । त्यसपछि आफ्नो पूरा शरीरको भार हत्केलामा र पन्जामा राख्नुपर्छ । हात सिधा राखेर शरीरलाई माथि उठाउने ।

यो स्थितिमा शरीर एकदम सिधा हुनुपर्छ । आफ्नो हातलाई पनि समानान्तर राख्नुपर्छ । तल आउँदा सासभित्र खिच्ने  र गर्दन हल्कामाथि राख्नुपर्छ । पुरै ध्यान छातीमा लगाउनुपर्छ । जब छातीले हल्का जमिनलाई छुन्छ त्यतिखेर सास छोड्दै माथितिर आउनुपर्छ । तल आरामसँग आउने र माथि थोरै तीव्र रुपमा जानुपर्छ ।

सुरुवातामा पुसअप गर्न समस्या हुन्छ भने जबरजस्ती गर्नुहुँदैन  । बरु सुरुमा जम्मा ४–५ पटक मात्र गरेर बिस्तारै यसलाई बढाएर ३० देखि ५० पटकसम्म गर्न सकिन्छ ।

दौडने

कार्यालयमा कुर्सीमा बसेर घण्टौंसम्म काम गर्दाको असर पेटमा प्रष्ट देखिन्छ । पेटको बोसो घटाउनु सबैभन्दा गाह्रो काम हो । पेटको बोसो घटाउन दैनिक  आधा देखी एक घन्टा दौडनु फाइदाजनक हुन्छ । दौडले क्यालोरी खर्च गर्न सहयोग गर्छ । नतिजा पेटमा बोसो जम्ने समस्या हुँदैन ।

पेटको बोसो पेटको बोसो घटाउन बेली फ्याट घटाउने मोटोपन कसरी घटाउने
लेखक
शबाना खातुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय