+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यो सरकारबाट कांग्रेस पनि आजित भएको छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १२:००

२८ मंसिर, भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि आजित भएको दाबी गरेका छन् ।

बिहीवार महाकाली–मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर ।’ सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको उनको भनाइ छ ।

देश दिनदिनै ओरालो लागेको भन्दै उनले देशको यो अवस्थाबाट सबैमा चिन्तित भएको बताए । न‘ेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यसयता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ,’ ओलीले भने ।

देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने पनि उनले बताए । ‘यो देशमा एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, यो देशमा सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकतावद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन सकेनौँ भने देश बर्बाद हुँदैछ,’ ओलीले भने, ‘तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्तततोगत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?