+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौं महानगरले संघीय सरकारलाई उत्प्रेरणा दिएको छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १२:४७

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महानगरको कामको प्रशंसा गरेका छन् ।

२९ औं स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्रीले महानगरको कामले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त भइरहेको बताएका हुन् ।

पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरूलाई  गम्भीरतापूर्वक हेरेको भन्दै प्रचण्डले शहरी सौन्दर्य, शिक्षा, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सुर्ति, चुरोट लगायतका वस्तुमा गरेको नियमन लगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।

हिजोबाट प्रतिबन्ध गरेको सुर्तीजन्य पदार्थ समेत समावेश गर्दै उनले भने, ‘सांस्कृतिक सम्पदाहरू संरक्षण, लागुऔषध, सुर्ती–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी लगायतका क्षेत्रमा महानगरले गरेको पहलमा संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ ।’

देशका अन्य स्थानीय तहका लागि समेत काठमाडौंले नमुना प्रस्तुत गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । ‘महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्ने प्रतिबद्धतासमेत जनाए । सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने उनको भनाइ छ ।

‘स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप स्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्नेछु,’ उनले भने, ‘संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण मेरो पहिलो प्राथमिकतामा छ ।’

संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै यो प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?