+
+

कांग्रेसले पुस १२ गते केन्द्रीय समिति बैठक बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १४:४४

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङदम्बेले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।

फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदै छ ।

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?